काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुल किन्नेहरुको भिड लागेको छ भने व्यापारीहरुपनि व्यापारमा व्यस्त छन् ।
बजारमा विभिन्न थरीका तरुलहरु वनतरुल, घर तरुल, सिमतरुल, आकाशे तरुल लगायतको बिक्री वितरण भइरहेको छ । काठमाडौँमा बिक्री हुने तरुल मध्ये सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिन्छन् । यसबाहेक धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीबाट पनि तरुल आयात हुने गरेको छ ।