बिहीबार , पुस २५ गते २०८१

इजरायली राजदूतलाई परराष्ट्रमन्त्री राणाको आग्रह: विपिन जोशी रिहाइको पहल गरिदिनु

इजरायली राजदूतलाई परराष्ट्रमन्त्री राणाको आग्रह: विपिन जोशी रिहाइको पहल गरिदिनु

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • इजरायली राजदूतलाई परराष्ट्रमन्त्री राणाको आग्रह: विपिन जोशी रिहाइको पहल गरिदिनु

    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन्।

    images

    परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन्।

    हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन्। हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार