सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको बहसमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो।
आजै जाहेरवालका तर्फबाट जवाफी बहस सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले जानकारी दिइन्। उनका अनुसार, सरकारी वकिलको जवाफी बहस भने भोलि मात्र हुनेछ।