फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी नेपाल कला परिषदमा चलिरहेको छ । मुस्ताङको ‘मुस्ताङ नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शिर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ । फोटोको माध्यमबाट कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने कामले देखिन्छ । यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजना साइटहरूलाई हाइलाइट गर्दछ। विगत २० वर्षमा, एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४.५४ मिलियनभन्दा बढी रकम सहयोग गरेको छ ।
– तस्विरहरु नेपाल फोटो लाइब्रेरी