बुधबार, पुस २४ गते २०८१

पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

अखबार दैनिक
सोमबार, पुस २२ २०८१
  • पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।

    images

    उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् ।

    कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरुको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । “रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदिबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार