सोमबार, पुस २२ गते २०८१

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

    काठमाडौं । आगामी माघ ११ गते रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ ।ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ ।

    images

    गीतमा चलचित्रका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको गीतमा यो जोडीलाई निकै सुहाएको छ । गीतको संगीत, गायन र शब्द अब्बल छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

    कार्यक्रममा गायिका इन्दिराले चलचित्रले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन् । गायक करणले चलचित्रमा पाश्र्व गायनको सपना ‘मिसिङः केटी हराएको सूचना’ले पुरा गरेको खुलाए ।

    ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।

    चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार