आइतबार, वैशाख ८ गते २०८२

वीरगन्जबाट धानचामल आयात बढ्यो

वीरगन्जबाट धानचामल आयात बढ्यो

शुक्रबार, पुस १९ २०८१
  • वीरगन्जबाट धानचामल आयात बढ्यो

    पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगन्जबाट धानचामलको आयात बढेको छ । पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात गरिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

    images

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६०.२८ प्रतिशतले बढेको छ । राजस्व संकलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ रुपैयाँबराबरको धान आयात गरिएको थियो ।

    चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँबराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात गरिएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४.१२ र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ