बिहीबार , कात्तिक ८ गते २०८२

दम्पतीको नाक काटिदिएको आरोमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

दम्पतीको नाक काटिदिएको आरोमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • दम्पतीको नाक काटिदिएको आरोमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

    काठमाडौं । दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। 

    उक्त घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेकोमा उनलाई घोराही–१९ मा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए।  उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले बताए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ