सोमबार, पुस २२ गते २०८१

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • बालगायक सचिन परियारको निधन

    बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका सचिनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्। भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा भाइरल छन्। 

    images

    सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनयसमेत गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।

    सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार