बुधबार, माघ २३ गते २०८१

कुष्ठरोगको उच्च जोखिममा बाँके, एक वर्षमा ८४ नयाँ कुष्ठरोगी

कुष्ठरोगको उच्च जोखिममा बाँके, एक वर्षमा ८४ नयाँ कुष्ठरोगी

बुधबार, पुस १७ २०८१
  • कुष्ठरोगको उच्च जोखिममा बाँके, एक वर्षमा ८४ नयाँ कुष्ठरोगी

    बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०र८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेका छन् ।

    images

    नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक–एकजना छन् । 

    पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजेटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार