बुधबार, माघ २३ गते २०८१

चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो...’ सार्वजनिक

चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो...’ सार्वजनिक

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो...’ सार्वजनिक

    काठमाडौं । चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो...’ सार्वजनिक भएको छ । फागुनको १४ गतेबाट रिलिज हुने गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर छ । राम अविरल विष्टको शब्द छ भने एसडी योगीकै संगीत छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाइँको प्रेम देखिन्छ । 

    images

    रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा रहेको प्रेमभाव देखिन्छ । चलचित्रमा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

    चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाइँ, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार