बिहीबार , पुस ११ गते २०८१

चिसिँदो काठमाडौं उपत्यका (फोटो फिचर)

चिसिँदो काठमाडौं उपत्यका (फोटो फिचर)

अखबार दैनिक
बिहीबार , पुस ११ २०८१
  • चिसिँदो काठमाडौं उपत्यका (फोटो फिचर)

    केही दिनयता पानी पर्न खोजेसँगै काठमाडौंमा चिसो बढेको छ। मंगलबार राति केहीबेर काठमाडौंमा पानी पर्न खोजेको  थियो । तर राम्ररी बर्षात् हुन सकेको छैन । चिसो बढ्दै गएपछि काठमाडौंबासीको दैनिक जीवन पनि असहज हुँदै गएको छ ।

    images

    बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो बिहीबार न्यूनतम् तापक्रम घटेर ४.५ डिग्रीमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

    उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् । चिसो बढ्दै जाँदा चिकित्सकहरूले सबेरै बिहान मर्निङ वाकमा ननिस्किन पनि सुझाएका छन् ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी 

    kathmandu-weather-getting-cold-7.jpgkathmandu-weather-getting-cold-1.jpgkathmandu-weather-getting-cold-4.jpgkathmandu-weather-getting-cold-4.jpgkathmandu-weather-getting-cold-6.jpgkathmandu-weather-getting-cold-3.jpgkathmandu-weather-getting-cold-2.jpgkathmandu-weather-getting-cold-5.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ