मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। सर्वोच्चले चौबिस घन्टाभित्र प्रसाईंलाई उपस्थित गराउनू भन्ने यसअघिको आदेशपछि शुक्रबार उनलाई सर्वोच्चमा उपस्थित गराइएको सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए। सर्वोच्चमा न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासमा प्रसाईंको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ।