शनिबार, पुस ६ गते २०८१

सबैभन्दा ठूलो हिन्दी फिल्म बन्यो पुष्पा २

सबैभन्दा ठूलो हिन्दी फिल्म बन्यो पुष्पा २

अखबार दैनिक
शुक्रबार, पुस ५ २०८१
  • सबैभन्दा ठूलो हिन्दी फिल्म बन्यो पुष्पा २

    दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म सबैभन्दा ठूलो हिन्दी फिल्म बनेको छ । सन् २०२१ मा अल्लुको प्यान इन्डिया फिल्म ‘पुष्पा १ः द राइज’ हलमा रिलिज हुँदा हिन्दी बेल्टमा उनको क्रेज देखेर मानिसहरू छक्क परेका थिए । टिभीमा प्रसारण हुने हिन्दी डब फिल्मले उनको लोकप्रियता बढाएको थियो ।

    images

    ‘पुष्पा २ः द रुल’ ले अब हिन्दी फिल्म बजारमा अल्लु अर्जुनको स्टारडमको ठप्पा लगाइदिएको छ । पहिलो दिनदेखि नै पुष्पा २ ले हिन्दी फिल्मका दर्शकलाई जबरदस्त मनोरञ्जन दिँदै आएको थियो । यस्तो जादु देखाउने उनी दोस्रो दक्षिण भारतीय सुपरस्टार बनेका छन् । यस अघि प्रभासको बाहुबली २ हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म थियो ।

    दोस्रो हप्तामा पनि धुँवाधार कमाई
    फिल्मले पहिलो दिन नै शानदार अओपनिङ गर्यो । तर फिल्मप्रति दर्शकको क्रेज दोस्रो सप्ताहन्तमा मात्रै थाहा हुन्छ । पुष्पा २ ले दोस्रो सप्ताहन्तमा १२८ करोड को नेट कलेक्शन गरेको छ । यो दोस्रो सप्ताहन्तमा कुनै पनि फिल्मले कमाएको सबैभन्दा धेरै रकम हो । सोमबार वर्किङ डेमा पनि फिल्मलाई खासै असर परेको छैन ।

    फिल्मले १२ औं दिनमा २० करोडभन्दा धेरै कमायो । मंगलबार र बुधबार पनि यसको क्रमाई २० करोड र १७ करोड रहेको थियो । योसँगै फिल्मको नेट कलेक्शन ६१८ करोड भारुभन्दा धेरै भएको छ । बिहीबार पनि फिल्मले करिब १५ करोड भारु कमाएको बताइएको छ । यसको अर्थ हिन्दीमा फिल्मको कमाई ६३३ करोड भारु नजिक पुगेको छ ।

    अल्लुले बनाए अल टाइम टप रेकर्ड
    २०२४ मा आएको बलिउड हरर कमेडी स्त्री २ शाहरुख खानको जवानलाई पछाडि पार्दै हिन्दीमा सबैभन्दा ठूलो फिल्म बनेको थियो । जवानको अल टाइम कलेक्शन ५८४ करोड भारु थियो भने स्त्रीको रेकर्ड ६२७ करोड भारु पुग्यो । तर स्त्रीको रेकर्ड ६ महीना पनि टिक्न पाएन । तेलुगू फिल्म उद्योगको डब फिल्मले बलिउडका सबै फिल्मलाई उछिनेर टप हिन्दी फिल्म बनेको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार