आइतबार, पुस ७ गते २०८१

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

अखबार दैनिक
शुक्रबार, पुस ५ २०८१
  • ‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्रले आज ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउने पहिलो चलचित्र बनेको छ ।

    images

    नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५१ दिनको ग्रसकलेक्सन भने आज सार्वजनिक गर्ने कार्यकारी निर्मातामा रमेश चौलागाईंले जानकारी दिए ।

    सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार