बुधबार, भदौ ३१ गते २०८३

लद्दाखमा भारतीय र चिनियाँ सैनिक तीनपटक झडप, थप तनावको स्थिति

लद्दाखमा भारतीय र चिनियाँ सैनिक तीनपटक झडप, थप तनावको स्थिति

अखबार दैनिक
मंगलबार, जेठ १३ २०७७
  • लद्दाखमा भारतीय र चिनियाँ सैनिक तीनपटक झडप, थप तनावको स्थिति


    १३ जेठ काठमाण्डौं ।  लद्दाख स्थित सीमा क्षेत्रमा चीनसँग भारतीय सैनिकको यही महिना तीनपटक झडप भइसकेको छ । त्यसैले अहिले चीनले यहाँ आफ्नो सैनिक संख्या ६ हजारले बढाएको छ । भारतले पनि सेना बढाउँदैछ । यस्तोमा सीमा क्षेत्रमा तनाव थप लम्बिने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
    भारतीय सैनिक स्रोतका अनुसार पूर्वी लद्दाखमा ५ मेइमा भएको झडपमा चीनका सैनिकले भारतीय जवानमाथि लाठी, काडेंतार र ढुंगाले आक्रमण गरेका थिए । न्युज एजेन्सी एनएनआईले सैनिक स्रोतको हावाला दिँदै लेखेको छ, ‘चिनियाँ सेनाको रवैया पाकिस्तान समर्थित ती पत्थरबाजजस्तै थियो, जसले कास्मिरमा भारतीय जवानलाई मार्छन् ।’ भारतीय मिडियाका अनुसार यस क्षेत्रमा चीनको सैनिक संख्या भारतभन्दा ठूलो थियो र यो अनप्रोफेसनल तरिकाले भिडन्तमा उत्रियो । चिनियाँ सेना आक्रामक रहेको आरोप भारतीय सञ्चारमाध्यमले यतिबेला लगाइरहेका छन् ।
    यस महिना सीमा क्षेत्रमा भइसकेको छ ।
    ५ मेइमा पूर्वी लद्दाखको पैंगोन्ग झिलमा साँझ भारत र चीनका २ सय सैनिक आमने–सामने भएका थिए । यस क्रममा दुबैले ढुंगामुडा गरे । पछि, दुबैतर्फका अधिकृतहरुबीच वार्ता भयो र भिडन्त सकियो ।

    ९ मेइमा उत्तरी सिक्किमस्थित १६ हजार फिटको उचाईमा रहेको नाकुला सेक्टरमा भारत र चीनका १ सय ५० सैनिक भिडन्तमा उत्रिए । यस झडपमा दुबैतर्फका गरी कुल १० सैनिक घाइते भए । यहाँ पनि अफिसरहरुले वार्ता गरेपछि समस्या सुल्झियो । ९ मेइमै चीनले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठायो, चीलने हेलिकोप्टर सीमामा पठाएको थाहा पाएपछि भारतले पनि यहाँ लडाकु विमान पठायो । भारतीय सञ्चारमाध्यमका अनुसार धेरै वर्षपछि चीनलाई जवाफ दिनका लागि भारतले सीमा क्षेत्रमा लडाकु विमान पठाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार