बुधबार, पुस ३ गते २०८१

महिला यु–१९ एशिया कपः नेपाल समूह विजेता बन्दै सुपर ४ मा प्रवेश

महिला यु–१९ एशिया कपः नेपाल समूह विजेता बन्दै सुपर ४ मा प्रवेश

अखबार दैनिक
मंगलबार, पुस २ २०८१
  • महिला यु–१९ एशिया कपः नेपाल समूह विजेता बन्दै सुपर ४ मा प्रवेश

    बलियो टेष्ट राष्ट्र भारत र पाकिस्तानको समूहमा रहेको नेपाल महिला यू–१९ एशिया कपको समूह विजेताको रुपमा सुपर फोरमा प्रवेश गरेको छ । नेपाल र भारत यु–१९ बीचको खेल भारी वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा समूह विजेता बनदै सुपर फोरमापुगेको हो ।

    images

    समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा ३ अंक बनाउँदै समान अंक रहेको भारतलाई नेटरनरेटले पछि पारेर समूह विजेता बनेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य भारतले पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको थियो । दुवै टिमले अंक बाँडेपछि नेपाललाई फाइदा भएको हो । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको थियो । सोमबार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले पराजित गरेको हो ।

    मलेसियामा भइरहेको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको समान्य योगफल बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २५ रन बनाइन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् ।

    ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भईन् । भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् भने आनन्दिता किशोरीले १ विकेट लिईन् ।

    प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु–१९ महिला विश्व कप आगामी वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार