काठमाडाैं । भारतका प्रसिद्ध तवलावादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । पद्मविभूषण पुरस्कार विजेता हुसैनको आइतबार बेलुका अमेरिकामा निधन भएको हो । ७३ वर्षीय हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस (आईपीएफ) नामक गम्भीर रोगबाट पीडित थिए । दुई सातादेखि उनको अमेरिकाको सान फ्रान्सिस्कोमा उपचार भइरहेको थियो ।
उनको उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको सोमबार बेलुका अन्त्येष्टी गरिएकाे छ । दिवंगत हुसैनका श्रीमती एन्टोनिया मिनेकोला, छोरीहरू अनिसा कुरैशी र इसाबेला कुरेशी छन् ।