आइतबार, वैशाख ८ गते २०८२

पर्साबाट भन्सार छलीका कपडा बरामद

पर्साबाट भन्सार छलीका कपडा बरामद

आइतबार, मंसिर ३० २०८१
  • पर्साबाट भन्सार छलीका कपडा बरामद

    काठमाडौं । पर्साको  वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाखबराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

    images

        
    बरामद गरिएको कपडामा कुर्ता–सुरुवाल एक हजार छ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङकोटलगायत छन् । ती सामानको मूल्य ३० लाख ४९ हजार सात सय कायम गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ