सोमबार, जेठ ७ गते २०८१

इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतले गर्यो उद्धार

इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतले गर्यो उद्धार

अखबार दैनिक
सोमबार, जेठ १२ २०७७
  • इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतले गर्यो उद्धार

    काठमाडौं, जेठ १२ । काठमाडौं- भारतले एक नेपाली विद्यार्थीको इन्डोनेसियाबाट उद्धार गरेको छ। विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत इन्डोनेसिया पुगेकी चितवन, रत्ननगरकी सेविका ढकाल त्यहाँबाट भारतीय उडानमा फर्केकी हुन्। उनी अम्वालाको महर्षी मार्कन्डेय विश्वविद्यालयमा बीबीए अध्ययनरत थिइन्। दुई सेमेस्टर महर्षी मार्कन्डेय विश्वविद्यालयमा अध्ययन गरेपछि उनीसहित तीन विद्यार्थी इन्डोनेसिया आएका थिए। उनी इन्डोनेसियाको अरिलङघा विश्विद्यालयमा पुगेकी थिइन्।
    उनी फर्किन लागेको भिडियो भारतीय दूतावाश इन्डोनेसियाले ट्वीटरमा पोष्ट गरेको छ। तीन महिनाको कार्यक्रमको लागि आएका विद्यार्थी कोरोना महामारी नियन्त्रणका लागि नेपाल भारत दुवै तिर लकडाउन भएपछि अलपत्र परेका थिए। अन्तराष्ट्रिय उडान भएपछि उनले नेपाल र भारतका दूतावाशामा उद्दारको लागि आग्रह गरेकी थिइन्।
    भारतीय नागरिकको उद्दारका लागि जहाज आउन लागेको सुनेपछि आफु पनि फर्कन चाहेको नेपाल र भारतका दूतावशमा उनले जानकारी गराएकी थिइन्। अन्तिममा आफ्नो आग्रहलाई दूतावाशले स्वीकार गरेको उनले बताएकी छन्। आफुले यस विषयमा नेपाली पक्षलाई पनि बताएको र नेपाल सरकारले पनि त्यसको लागि पहल गरेको र त्यही दिन सबै काम भएको ढकालले भिडियोमा बताएकी छन्।
    उनले कठिन परिस्थितिमा पनि हिम्मत हार्न नहुने बताएकी छन्। हिम्मत नै आफ्नो साथी भएको बताउँदै ढकालले नेपाल र भारतका दुवै सरकारलाई सहयोग गरेको लागि धन्यवाद दिएकी छन्।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार