बिहीबार , पुस ११ गते २०८१

दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक(फोटो फिचर)

दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक(फोटो फिचर)

अखबार दैनिक
बुधबार, मंसिर २६ २०८१
  • दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक(फोटो फिचर)

    काठमाडौं । राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माण पूरा भएको छ । गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।

    images

    Kamaladi-road-rcontruction-completed-3.jpg

    भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाउन लागिएको हो । लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।

    Kamaladi-road-rcontruction-completed-5.jpg

    भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाउन लागिएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् । बिहीबार बिहानदेखि सडक सुचारू गर्ने तयारी सडक डिभिजन काठमाडौंले गरेको छ ।

    Kamaladi-road-rcontruction-completed-6.jpg

    भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरि मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य थियो । त्यहीअनुसार निर्माणले गति लिँदा अब बुधबार दिनभरमा निर्माण सकेर बिहीबार बिहानदेखि गाडी खुलाउन लागिएको भण्डारीले बताए ।

    Kamaladi-road-rcontruction-completed-7.jpgKamaladi-road-rcontruction-completed-8.jpgKamaladi-road-rcontruction-completed-10.jpgKamaladi-road-rcontruction-completed-16-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ