आइतबार, जेठ ६ गते २०८१

स्पेनमा प्रधानमन्त्री को राजिनामा माग

स्पेनमा प्रधानमन्त्री को राजिनामा माग

प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गरेका थिए

images
अखबार दैनिक
आइतबार, जेठ ११ २०७७
  • स्पेनमा प्रधानमन्त्री को राजिनामा माग

    ११,जेठ। स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।हजारौँ मानिसले सरकार विरोधी प्रदर्शनमा भाग लिएका छन् ।

    images

    विपक्षी भक्स पार्टीले देशका प्रमुख शहरहरुमा सामाजिक दूरी कायम गरी प्रदर्शनमा सहभागी हुन आफ्ना समर्थकलाई आह्वान गरेको थियो ।

    सोही अनुरुप स्पेनका प्रमुख शहरहरुमा हजारौँ मानिस आफ्नो सवारी साधानमा प्रदर्शनका लागि बाहिर आएका हुन् । भक्सले सामाजिक दूरी कायम गर्नका लागि कसैलाई पनि सवारी साधनबाट बाहिर ननिस्कन भनेको थियो ।

    प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गरे । उनीहरुले समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामा मागेका छन् ।

    स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि गएको मार्च १४ देखि युरोपकै कडा लकडाउन लागु भएको थियो । पछिल्ला हप्तामा लकडाउन केही खुकुलो बनाउन थालिएको छ ।

    F0C7F9DE-3228-4814-86D9-D94805DDC318.jpeg

    तर अझै पनि मड्रिड र बार्सिलोनामा कडा लकडाउन कायम छ । ती शहरमा अझै पनि कोरोना भाइरसको महामारी गम्भीर अवस्थामा छ । दुवै शहरमा सोमबारदेखि केही खुकुलो बनाइने छ । अधिकतम १० जनासम्म जम्मा हुन छुट दिने तयारी छ ।

    स्पेनमा दुई महिनाको लकडाउनमा होटल, बार तथा रेस्टुरेन्ट बन्द भए । यसतै समुद्री किनारहरु पनि बन्द भए भने घर बाहिर हुने गतिविधिमा प्रतिबन्ध लाग्यो । यसबाट महामारी नियन्त्रणमा सहयोग हुने सरकारले बताएको थियो र संक्रमणदर कम हुन पनि थाल्यो ।

    48351D2E-1CF5-4D1A-AA8A-83CA70F4AEFD.jpeg

    तर शनिबार प्रदर्शनमा उत्रिएका फार–राइट पार्टी भक्सका समर्थकले अब लकडाउन पूर्ण रुपमा हटाइनु पर्ने माग गरेका छन् । लकडाउनका कारण मानिसको रोजगारी तथा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै उनीहरुले लकडाउन खुलाउन माग गरेका हुन् ।

    संक्रमणको समयको व्यवस्थापन गर्न नसकेको भन्दै आन्दोलनकारीले प्रधानमन्त्री सान्चेज र उपप्रधानमन्त्री पाब्लो इग्लेसिसको राजीनामा मागेका हुन् ।

    FA0E74E5-C17E-4AA7-A088-73F0956FCF17.jpeg

    भक्स पार्टीका नेता सान्तियागो अबास्कालले पूरै विश्वमा स्पेन सरकारले महामारीको खराब व्यवस्थापन गरेको आरोप लगाए । उनले गाडीबाट समर्थकलाई सम्बोधन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार