काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता व्यक्तिको शव फेला परेको छ । घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइमा बालुवाले पुरिएको अवस्थामा राजेन्द्र बुढाथोकीको शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालुवाले पुरिएको अवस्थामा बुढाथोकीको शव निकालेको हो । काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी २९ मंसिरदेखि बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज १९ मंसिरदेखि खोजीकार्यमा खटिएको थियो ।