बिहीबार , पुस ११ गते २०८१

रौतहटमा स्कारपियो दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

रौतहटमा स्कारपियो दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

अखबार दैनिक
मंगलबार, मंसिर २५ २०८१
  • रौतहटमा स्कारपियो दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

    काठमाडौं । रौतहटमा भएको स्कारपियो दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादव रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

    images

    दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागि पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको स्कारपियो रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा सोमबार राति स्कारपियो दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक राईका अनुसार उक्त जीप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । यसअघि मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ