बिहीबार , पुस ११ गते २०८१

गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (फोटो फिचर)

गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (फोटो फिचर)

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (फोटो फिचर)

    सिमरा- बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा सोमबार पशुबलि दिइएको छ । आइतबारदेखि मेलामा बोका र राँगासहितको पशुबलि दिन थालिएको हो । अहिले आफ्नो भाकलअनुसारको बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो लागेको छ।

    images

    gadhi-mai-festival-20.jpg

    गढीमाई क्षेत्रलाई रंगीचंगी सजावटले चिटिक्क पारिएको छ । विभिन्न प्रदर्शनी, खेल, तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् । यस क्षेत्रका सर्वसाधारणले गढीमाईको मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । अहिले गढीमाई मन्दिर परिसर भक्तजनले भरिभराउ भएको छ। शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश-विदेशका दर्शनार्थी मेला भर्न आउने गरेका छन् । त्यहीकारण गढीमाईको ख्याति फराकिलो बन्दै गएको छ।

    gadhi-mai-festival-19.jpg

    यसक्रममा मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । यसैगरि मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।

    gadhi-mai-festival-20.jpggadhi-mai-festival-17.jpggadhi-mai-festival-15.jpggadhi-mai-festival-14.jpggadhi-mai-festival-13.jpggadhi-mai-festival-11.jpggadhi-mai-festival-10.jpggadhi-mai-festival-7.jpggadhi-mai-festival-6.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ