सोमबार, मंसिर १० गते २०८१

किसान जहिल्यै मर्कामा दोब्बर मुल्यमा मल बिक्रि गर्ने पसल सिल

किसान जहिल्यै मर्कामा दोब्बर मुल्यमा मल बिक्रि गर्ने पसल सिल

अखबार दैनिक
शनिबार, जेठ १० २०७७
  • किसान जहिल्यै मर्कामा दोब्बर मुल्यमा मल बिक्रि गर्ने पसल सिल

    १० जेठ भोजपुर । अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो ।

    images

    प्रतिबोरा ७८५ मूल्य पर्ने युरिया मल दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । अनधिकृत खरिद गरेर महँंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
    प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका प्रमुख भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा एक हजार ४०० भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार