काठमाडौं । अभिनेता पल शाहले आफ्नो विवाहको खबरमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । शुक्रबार सामाजीक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले आफ्नो बिहेको खबर सत्य नभएको बताउका हुन् ।
उनको आफ्नो बिहेको खबरले आफै चकित परेको बताए । उनले साथी भाइहरूको यस प्रकारको चिन्ता र चासोको कदर गर्दै उक्त खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन् ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’ पछिल्लो समय सामाजिक सञ्जालहरूमा पल शाहको विवाहको खबरहरू आइरहेका छन् ।