आइतबार, वैशाख ८ गते २०८२

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

बिहीबार , मंसिर २० २०८१
  • उदयपुरमा आगलागी, पाँच लाखको क्षति

    त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ