बिहीबार , मंसिर २० गते २०८१

जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

अखबार दैनिक
बुधबार, मंसिर १९ २०८१
  • जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

    काठमाडौं । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको उक्त चुनरी भारतको सुरतस्थित जिनमाता ट्रस्टले उपलब्ध गराएको हो ।

    images

    रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको उक्त चुनरी लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुअघि चुनरीसहित नगर परिक्रमा गरिएको थियो । उक्त परिक्रमाका क्रममा स्थानीयवासीले चुनरीमाथि फूल बर्साएका थिए ।

    एकातिर जानकी माता र भगवान् रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवमा रौनक थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए । उक्त कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतोलगायत राजनीतिकर्मीको पनि सहभागिता थियो । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार