बिहीबार , मंसिर २० गते २०८१

विक्रान्तले लिए अभिनयबाट सन्यास

विक्रान्तले लिए अभिनयबाट सन्यास

अखबार दैनिक
सोमबार, मंसिर १७ २०८१
  • विक्रान्तले लिए अभिनयबाट सन्यास

    बलिउड अभिनेता विक्रान्त म्यासीले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । हालै उनी फिल्म ‘द साबरमती रिपोर्ट’मा देखिएका थिए । यसअघि ‘१२ फेल’ र ‘सेक्टर ३६’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेको भन्दै उनले प्रशंसा पाएका थिए । यो सफलताको फाइदा उठाएर विक्रान्त अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर अभिनेताले एक्कासी सन्यास लिने निर्णय गरेका छन् । ३७ वर्षको उमेरमा उनले अभिनयलाई अलविदा भन्न लागेका हुन् ।

    images

    क्रान्तले सोमबार बिहान अभिनयबाट सन्यास लिने घोषणा गरेर आफ्ना फ्यानहरूलाई चकित पारेका छन् । इन्स्टाग्राममा सेयर गरेको नोटमा उनले लेखेका छन् ‘पछिल्ला केही वर्ष र यसअघिको समय अचम्मको रह्यो । मलाई सधै साथ दिनुहुने सबैलाई म धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा मैले महसुस गरें कि एक पति, बुबा, छोरा र एक अभिनेताको रूपमा अब यो आफैंलाई पुनस्र्थापित गर्ने र घर फर्कने समय हो ।’

    यी हुनेछन् उनका अन्तिम दुई फिल्म
    खबरका अनुसार विक्रान्त अहिले ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’मा काम गरिरहेका छन् । यी फिल्मबारे कुरा गर्दै, अभिनेताले लेखे, ‘हामी २०२५ मा अन्तिम पटक भेटिनेछौं । पछिल्ला २ फिल्म र धेरै वर्षको सम्झनाको लागि फेरि एक पटक धन्यवाद ।’ विक्रान्तको यो घोषणाले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । मानिसहरूले कमेन्टमा आश्चर्य व्यक्त गरिरहेका छन् ।

    ‘किन यस्तो गरिरहनुभएको छ ? तपाईंजस्ता कलाकार कमै छन् । हामीलाई राम्रो सिनेमा चाहिन्छ ।’ एक फ्यानले लेखेका छन् । अर्का एक जनाले चाहि ‘अचानक ? सबै ठिक छ ? फ्यानहरूका लागि यो अत्यन्तै स्तब्ध पार्ने खबर हो । हामी तपाईंको अभिनय र फिल्महरू मन पराउँछौं ।’ भनेर लेखेका छन् । धेरै फ्यानले विक्रान्तलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह समेत गरेका छन् । ‘भाइ, तिमी शिखरमा छौं… किन यस्तो सोचिरहेका छौं ?’ अर्का एक जनाफ्यानले लेखेका छन् । केही फ्यानहरूले यो कुनै फिल्म वा ब्रान्ड प्रमोशनको लागि पब्लिसिटी स्टन्ट हो कि भनेर पनि शंका व्यक्त गरेका छन् ।

    विक्रान्त हालै ‘द साबरमती रिपोर्ट’मा देखिएका थिए । यस फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले अहिलेसम्म बक्स अफिसमा २८ करोडभन्दा बढीको व्यापार गरेको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार