शुक्रबार, मंसिर १४ गते २०८१

र्‍यापर हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’सार्वजनिक

र्‍यापर हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’सार्वजनिक

अखबार दैनिक
शुक्रबार, मंसिर १४ २०८१
  • र्‍यापर हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’सार्वजनिक

    काठमाडौं । र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ ।

    images

    आज काठमाडौंस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्‍याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बाहादुर सिंह लगायतले अभिनय गरेका छन् ।

    सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए । उनले भने,‘गीतमा चिसो हावालाई प्रेम कम्ल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो । हाकिम दाईसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले यसको भिडियो परिकल्पना गरेका हुन् । अडियो झैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौँ ।’

    कार्यक्रममा शुभकामना दिन र्‍यापर मानस घले पनि उपस्थित थिए । विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । र्‍यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ