शुक्रबार, मंसिर १४ गते २०८१

हल्दीबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

हल्दीबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

शुक्रबार, मंसिर १४ २०८१
  • हल्दीबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

    झापा । हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनका अनुसार, स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।

    images

    गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । पालिकाबाहिर जानुपरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । निःशुल्क प्रयोगशाला सुविधा पनि दिइँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार रुपैयाँ खर्च भएको थियो ।

    साथै, गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट पाँच लाख २८ हजार रुपैयाँ सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत एक लाख ५०० रुपैयाँ आर्थिक सहयोग परिचालन गरिएको अध्यक्ष लिङदेनले बताए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार