बिहीबार , असोज ३ गते २०८१

अमलेखगन्ज डिपो बन्द गराउन स्थानियको दबाव

अमलेखगन्ज डिपो बन्द गराउन स्थानियको दबाव

अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • अमलेखगन्ज डिपो बन्द गराउन स्थानियको दबाव

    ७ वैशाख, काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन स्थानियले दबाव दिएको  भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन दबाव दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो ।

    images

    स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब दिएको निगमको दुई नम्बर प्रादेशिक प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।

    पाइपलाइनबाट आउने डिजेल तथा ट्याकंरबाट ढुवानी हुने पेट्रोल लगायतका इन्धन अमलेखगन्जबाट पूर्वको विराटनगर, पश्चिममा भैरहवा, पोखरा र केन्द्रीय राजधानी काठमाडौंमा वितरण हुने गरेको डिपोले जनाएको छ ।

    अमलेखगन्ज डिपो बन्द हुँदा आधा नेपालको पेट्रोलियम वितरण प्रभावित हुनेभन्दै निगमले जिल्ला प्रशासन कार्यालय बारामा सुरक्षा माग गर्दै निवेदन दिएको छ ।

    कोरोना जोखिमलाई मध्यनजर गर्दै सवारी साधन डिस्इन्फेक्सनलाई प्रभावकारी बनाइएको, अनावश्यक भिडभाड कम गरिएको भए पनि अवरोध सिर्जना गरिएको अमलेखगन्ज डिपोले जनाएको छ ।

    पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने र देशभरिकै वितरणमा अमलेखगन्ज महत्वपूर्ण भएकाले अबरोध हुन नदिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ