बिहीबार , मंसिर १३ गते २०८१

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पुरा,कैलाश क्षेत्रमा पसल राख्न नपाइने

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पुरा,कैलाश क्षेत्रमा पसल राख्न नपाइने

अखबार दैनिक
बिहीबार , मंसिर १३ २०८१
  • पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पुरा,कैलाश क्षेत्रमा पसल राख्न नपाइने

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीका दिन कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको हो ।  कोषका अनुसार भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइनेछ । 

    images

    कोषले नाम दर्ता गराएर आउने दिवंगत पितृका नाममा बत्ती बाल्न आउने भक्तजनबाट २१ सय शुल्क लिने भएको छ भने शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । 

    बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि  आह्वान गरेको छ ।

    पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको कोषले जनाएको छ । मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार