बुधबार, मंसिर १२ गते २०८१

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

    गोरखा । सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिका भित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा मार्फत पालिका भित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । 

    images

    “आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्था बारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ”, उनले भने ।

    शाखा प्रमुख श्रेष्ठले गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रम अन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको बताउछन् । गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो । 

    गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि पालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराई सहित तीन जना मात्र तालिम प्राप्त स्वास्थकर्मी छन् ।  रासस 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ