मंगलबार, मंसिर ११ गते २०८१

माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

अखबार दैनिक
मंगलबार, मंसिर ११ २०८१
  • माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् ।

    images

    सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् ।

    लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ । सोमबार पार्टी सभापतिले पठाएको भनि रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ । लामिछानेलाई पछिल्लोपटक १५ दिनका लागि अदालतले म्याद थपेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार