मंगलबार, मंसिर ११ गते २०८१

हवाई टिकट नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

हवाई टिकट नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

अखबार दैनिक
मंगलबार, मंसिर ११ २०८१
  • हवाई टिकट नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

    काठमाडौं । सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ ।

    images

    हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । हवाई टिकट प्राप्त भएमा लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याउने बताइएको छ । 

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार