नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवाना सहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । ‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।