आइतबार, मंसिर ९ गते २०८१

फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँ  : उपपधानमन्त्री सिंह

फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँ  : उपपधानमन्त्री सिंह

अखबार दैनिक
आइतबार, मंसिर ९ २०८१
  • फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँ  : उपपधानमन्त्री सिंह

    काठमाडौं । उपपधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताएका हुन् ।

    images

    उनले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको बताउँदै देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै प्रश्न गरे ।

    मन्त्री सिंहले भने,"काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नको लागि धेरै समय गइसकेको छ । कुनैपनि सरकारले मिनिमाइज नगरिकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ । फोहोरमैलामा राजनीति गरेर त भएन नि त । कुरा गर्दाखेरि आदर्शको कुरा गर्ने काम चाहीँ ठिक विपरितको गर्ने ? त्यो त ठिक भएन नि । देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थापन गर्न सकौंला त ? यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार