बिहीबार , असोज ३ गते २०८१

उद्योगीहरुले सम्बन्धित बिभागबबाट सिधै पास लिन पाउने

उद्योगीहरुले सम्बन्धित बिभागबबाट सिधै पास लिन पाउने

कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासकालागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् ।

images
अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • उद्योगीहरुले सम्बन्धित बिभागबबाट सिधै पास लिन पाउने

    जेठ, ५, काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासकालागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् ।

    images

    उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास बितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो पछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

    मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव बिरेन्द्र बस्नेतले जानकारी दिए ।

    उद्योगीहरुलाई भेदभाव गर्न नभई पास वितरण कार्यक्रममा हुने भिडभाड नियन्त्रणकालागि मात्रै त्यस्तो व्यवस्था गरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

    सरकारले यसअघि ४२ प्रकारका उद्योगहरु सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । ति उद्योगहरुले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको सिफारिसमामात्रै पास पाउने व्यवस्था गरिएको थियो ।

    ठूला उद्योगीहरुको संगठनले सिफारिस गर्नु पर्ने भए पछि नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको थियो । राज्यले सबै उद्योगलाई समान किसिमले व्यवहार नगरेको भन्दै महासंघले आपत्ति जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ