मंगलबार, जेठ ८ गते २०८१

बढ्दो कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ३०४

बढ्दो कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ३०४

कोभिड-१९ कोरोना भाईरस दिन प्रतिदिन फैलिदै

images
अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • बढ्दो कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो  ३०४

    जेठ, ५,  काठमाडौं ।  सोमबार विहान बारा र रौतहटमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानाकारी अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना गरी ९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    हाल सम्म सबै संक्रमितहरूको स्वास्थ्य स्थिति सामान्य रहेको र सबै स्वाथ्यकर्मीको सम्पर्कमा नै भएको मन्त्रालयका सहप्रवक्त्ता अधिकारीले जानाकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार