शुक्रबार, मंसिर ७ गते २०८१

आजदेखी नेपाली चलचित्र‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा

आजदेखी नेपाली चलचित्र‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा

अखबार दैनिक
शुक्रबार, मंसिर ७ २०८१
  • आजदेखी नेपाली चलचित्र‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा

    काठमाडौं । आजदेखी देशभरका सिनेमा हलहरुमा दुई नयाँ नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । शंकर घिमिरेद्वारा निर्देशित चलचित्र‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ प्रदर्शनमा आएको हो ।  

    images

    विपिन कार्की तथा वर्षा राउतको मुख्य भूमिका रहेको ‘तेल भिसा’ लाई मल्टिप्लेक्स तथा सिंगल थिएटरहरुले उत्साहजनक शो दिएका छन् ।

    अमेरिकामा बसोबास गरेका नेपालीहरुले त्यहाँ पुगेर भोग्नु भएका समस्या, पीडा तथा दुःखलाई चित्रण गरिएको यो चलचित्रका अधिकांश दृष्यको छायांकन अमेरिकामै गरिएको छ । यो चलचित्रमा अभिनेता कार्कीले बुवा तथा छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

    ‘तेल भिसा’ मा विपिन कार्की, वर्षा राउत तथा ऋचा घिमिरेसहित पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । यो चलचित्रको निर्मातामा अनिल पाण्डे तथा शिवराज कार्की हुनुहुन्छ । सामाजिक–पारिवारिक कथामा बनेको ‘तेल भिसा’ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा निर्माण भएको हो ।

    त्यसैगरी आजदेखि नै प्रदर्शनमा आएको ‘अग्निदहन’ ले भने तुलनात्मक रुपमा कम शो पाएको छ । यो सामाजिक ड्रामा हो । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको यो चलचित्रमा प्रकाश घिमिरे, माओत्से गुरुङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, ताराबहादुर गुरुङलगायतको अभिनय छ । यो चलचित्रका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ