मंगलबार, मंसिर ४ गते २०८१

दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने

दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८१
  • दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने

    काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने भएको छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो ।

    images

    त्यसलगत्तै स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । अहिले सीआईबीले प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।

    उनीमाथि विभिन्न मुद्दा परेको कारण कुनमा कारबाही अगाडि भन्नेबारे निर्णय भइसकेको छैन । आज उक्त विषयमा छलफल गरेर भोलि अदालतमा पेस गरिने प्रहरीको उच्च स्रोतले जनाएको छ । उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

    प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् । प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार