काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले १८ दिनमा करिब ३६ करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको १८ दिनमा ३५ करोड ९६ लाख रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको हो ।
निर्माणपक्षले नेपाल बाहिरको ग्रसकलेक्सन भने हालसम्म सार्वजनिक गरेको छैन । नेपालबाहिर पनि ऐतिहासिक शो सहित प्रर्दशन भइरहेको जनाएको छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।