मंगलबार, कात्तिक ६ गते २०८१

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

अखबार दैनिक
सोमबार, कात्तिक ५ २०८१
  • संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

    ५ कात्तिक, काठमाडौं । संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।

    images

    भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

    संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताउँछन् ।

    ‘आवश्यक सवारी साधनका लागि केही समन्वय गरेका छौं । अपेक्षा पनि गरेका छौं’ गिरीले अनलाइनखबरसँग भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ