मंगलबार, कात्तिक ६ गते २०८१

गण्डकीमा डेंगीबाट सातजनाको मृत्यु

गण्डकीमा डेंगीबाट सातजनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज २३ २०८१
  • गण्डकीमा डेंगीबाट सातजनाको मृत्यु

    डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सातजनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । 

    images

    त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार ७२६ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । 

    उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगी संक्रणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म ६ हजार ४५२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ