शुक्रबार, कात्तिक २ गते २०८१

बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

अखबार दैनिक
मंगलबार, असोज २२ २०८१
  • बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

    नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

    images

    माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् । शर्माले केही सामग्री आफैं वितरण गरेका थिए भने केही सामग्री वडा अध्यक्ष विष्णुमान महर्जनलाई हस्तान्तरण गरेको शर्माको सचिवालयले जनाएको छ ।

    वडा अध्यक्ष महर्जनले बाढी पहिरोबाट पीडितलाई अत्यावश्यक राहत सामग्री अपुग भएको भन्दै निरन्तर सहयोगका लागि अनुरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ