शुक्रबार, कात्तिक २ गते २०८१

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

अखबार दैनिक
सोमबार, असोज २१ २०८१
  • उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी  हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    images

    पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएको सेनाले जनाएको छ । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    DSC_0292.JPG

    यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ