काठमाडौं । मुग्लिन सडकखण्डमा ठूला सवारी साधानमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो । दसैँको पूर्णिमासम्म रोक लगाइएको हो ।
खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन् । विभागले दसैँका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ ।