शुक्रबार, कात्तिक २ गते २०८१

काठमाडौँबाट उड्दा जहाज भरिभराउ, फर्किँदा रित्तै

काठमाडौँबाट उड्दा जहाज भरिभराउ, फर्किँदा रित्तै

अखबार दैनिक
शुक्रबार, असोज १८ २०८१
  • काठमाडौँबाट उड्दा जहाज भरिभराउ, फर्किँदा रित्तै

    काठमाडौँ । केही दिन अगाडिको भारी वर्षा तथा पहिरोले सडक सञ्जालमा निकै क्षति पुर्‍याएको छ। पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग कहिले खुल्ने टुंगो छैन।  दसैँको फूलपातीको दिनसम्म काठमाडौँबाट हरेक गन्तव्यका लागि टिकट बुक भइसकेका छन् । 

    images

    अहिले काठमाडौँबाट भरतपुर, पोखरा, नेपालगन्ज, धनगढी, जनकपुर, पोखरा, भद्रपुर लगायतमा थप उडान भएका छन् । जाँदा भरिभराउ भएका विमानहरू काठमाडौँ  फर्किँदा सबै विमानहरू रित्तैजस्तो अवस्थामा हुन्छन् ।’  काठमाडौँ आउने यात्रुको सङ्ख्या कम भएपछि उपत्यका बाहिरका सबै गन्तव्यबाट एयरलाइन्स कम्पनीहरू न्यूनतम दरमा उडाइरहेका छन् ।। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ